Section 13
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
(१) कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) परिषद्को निर्णय एवं निर्देशनहरू कार्यान्वयन गर्ने, गराउने,
(ख) प्रतिष्ठानको दीर्घकालीन योजना, वार्षिक कार्यक्रम तथा बजेट स्वीकृतिको लागि परिषद्मा पेश गर्ने,
(ग) परिषद्बाट स्वीकृत योजना तथा वार्षिक कार्यक्रमहरू कार्यान्वयन गराउने,
(घ) प्रशिक्षण केन्द्रको लागि स्वीकृत बजेट रकम निकासा दिने ।
(२) कार्यकारी निर्देशकको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।